
पूर्णपुष्टि, माघ १३
जनस्वास्थय कार्यालय उदयपुरले १ हजार २ सय ३७ कोरोना खोप आज उदयपुरमा आईपुग्ने जनाएको छ । जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार भारतबाट उपलब्ध भएको कोरोना खोप प्रदेश कार्यालय बिराटनगरबाट आज गाईघाट आईपुग्ने जनाउनुभयो ।
खोप आईपुग्ने बित्तिकै छलफल गरी औपचारीक कार्यक्रम गरी खोपको उद्घाटन गर्दै प्रयोगमा ल्याउने जनाएको छ । जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक पनि राख्ने तय भइरहेको सुवेदीले बताउनुभयो । छलफलले बुधबार औपचारिक कार्यक्रम गरी खोपको उद्घाटन गर्ने निर्णय निकाल्न सक्ने प्रमुख सुवेदीले बताउनुभयो ।
कोविड(१९ को खोप प्रदेशका १४ वटै जिल्लामा बाँड्ने गरी सोमबार बिराटनगर आईपुगेको प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । खोप प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिरहा र सप्तरीका लागि ९ हजार ६ सय आएको केन्द्रले जनाएको छ ।
उक्त खोप पहिलो चरणमा प्रदेशभरका सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र ७ सय २५ सरसफाइ कर्मचारीलाई पनि गरी ३५ हजार ५ सय ७६ जनालाई खोप लगाइने छ ।
