Tuesday, June 9News That Matters

छुट्टा छुट्टै ठाउँमा ट्याक्टर दुर्घटना हुँदा २ सहचालकको मृत्यु

पूर्णपुष्टि, माघ १३

सुनसरी रामधुनी(७ स्थित भित्री सडक खण्डमा ट्याक्टर बाट लडेर सहचालकाको मृत्यु भएको छ । को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको सोही ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।  सोमवार दिउसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी (६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए ।गम्भिर घाईते सदाको धरान घोपामा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसै गरी संखुवासभा पाचखपन (३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा सहचालक पाचखपन (६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ ।

सोमवार बेलुका ६ बजे  को २ त  ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएका थिए । घाईते कोईरालाको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  संखुवासभाले जनाएको छ ।