Tuesday, June 9News That Matters

लागुऔषध सहित दुई जना पक्राउ

पूर्णपुष्टि, माघ १३

झापा /शिबसताक्षी ( ११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक (८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन । टेम्पोमा सवार गरी आएका उनिहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात उनिहरु उपर चेकजाँच गर्दा डाईजेपाम(५८ एम्पुल, बुफ्रेनोर्फिन (५७ एम्पुल र प्रोमेथोजाईन(५८ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।