
पूर्णपुष्टि, माघ १३
मोरङ बिराटनगर (१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान (९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा SPASMO-PROXYVON-१६९ ट्याब्लेट, NITRAVET – १५, NITZACARE २० ट्याब्लेट रDIALEX-DC-२० बोतल लागुऔषध सहित पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
