
पूर्णपुष्टि, माघ १३
क्यान्सर पिडित श्याम राईलाई कोरियाबाट आर्थिक सहयोग जुटेको छ । उदयपुर सेवा समाज दक्षिण कोरियाबाट बेलका नगरपालिका वडा नं ५ का २३ बर्षिय क्यानसर पिडित राईलाई आर्थिक सहयोग जुटेको हो ।
बिषेश गरी कोरियामा रहेका उदयपुरका बिभिन्न व्यक्तिहरुले उदयपुर सेवा समाज दक्षिण कोरिया मार्फत १ लाख बराबर आर्थिक संकलन गरी पिडित राईलाई बुझाएको छ ।
उक्त सहयोग समाजका अध्यक्ष मधुकर राई र उपाध्यक्ष चित्र वस्नेतको नेतृत्वमा संकलन गरिएको हो । रकम नगद १ लाख रुपैया समाजका सल्लाहाकार तथा समाजसेवी महेन्द्र राईले विरामी उपचाररत अस्पताल धुलिखेलमै पुगेर आईतबार हस्तान्तरण गरेको हो ।
परिवारमा आर्थिक स्थित कम्जोरी रहेको राईलाई परिवारले जसोतसो उपचारमा हस्पिटल पुराई हेरचार गरिरहेका छन् । परिवारले आर्थिक कम्जोरी रहेको बताउँदै सबै सामु सहयोगको माग राखेका छन् । देश विदेशमा रहेका सम्पूर्ण मनकारी नेपालीहरुमा सहयोगको अपेक्षा राख्दै परिवारले सबै सामु सक्दो सहयोगको माग राखेका हुन् ।
पीडित राईको आर्थिक अवस्था कम्जोर भएको भन्ने खबर प्राप्त भएपछि विरामीको आर्थिक सहयोगमा जुटेर सो रकम सहयोग गरेको सल्लाहाकार तथा समाजसेवी राईले बताउनुभयो ।
