Thursday, June 4News That Matters

उदयपुरका लागी आईपुग्यो मतपत्र

पूर्णपुष्टि, बैशाख १९
स्थानीय तह निर्वाचनका लागि उदयपुरमा २ लाख ४६ हजार मतपत्र आईपुगेको छ । ती मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।

जिल्ला निवार्चन अधिकारी खेमराज कोईरालाका अनुसार निर्वाचनका लागि आवश्यक १०० प्रकारका सामाग्रि समेत आईपुगेको छ । हरेक मतदानस्थल र केन्द्रका लागि आवश्यक सामाग्री छुट्याउने काम भईरहेको निर्वाचन अधिकारी कोईरालाले बताउनुभयो । उदयपुरमा २ लाख २३ हजार १३८ जना मतदाता छन् भने ९८ मतदान स्थल र २५८ मतदान केन्द्र रहेको छ ।