Tuesday, November 18News That Matters

उदयपुरका शिक्षकले जेनजीको नाममा खोटाङका गाउँपालिका अध्यक्षमाथि धम्की

पूर्णपुष्टि उदयपुर, कार्तिक ७
उदयपुरका एक शिक्षकले जेनजीको नाममा खोटाङका एक गाउँपालिकाका अध्यक्षलाई धम्क्याएको भन्दै कारवाहीको माग आज भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईलाई उदयपुरका शिक्षक युवराज कार्कीले धम्क्याएको उजुरी त्रियुगा नगरपालिकामा परेको छ ।
त्रियुगा नगरपालिका १५ खाँबुस्थित सिद्धवटी माध्यामिक विद्यालयका कार्यरत शिक्षक कार्कीले मार्नेसम्मको धम्की दिएको पालिका अध्यक्षले उजुरीमा उल्लेख गरेका छन् । शिक्षक कार्कीले फोन गरेर अध्यक्ष राईलाई जेनजी हुँ भन्दै नानाथरी गाली गलौज र ज्यानमार्नेसम्मको धम्की दिएको उल्लेख गरेका छन् । डर, त्रास, भय फैलाउदै ज्यानको सुरक्षामा चुनौती दिएको भन्दै कारवाहीको माग अध्यक्ष राईले गरेका छन् ।