Monday, May 4News That Matters

उदयपुरका शिक्षक रामकुमार झा राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत

पूर्णपुष्टि, ३ असोज ।
उदयपुरका एक शिक्षक राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत भएको छ । चौदण्डीगढी नगरपालिका ६ मा सञ्चालित ज्योति माध्यामि विद्यालयका प्रधानाध्यापक राजकुमार ओझा नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार बाट पुरस्कृत भएको हो । कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजिम मूल समारोह समितिको कार्यक्रममा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेका थिए।

०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक र निजी विद्यालय, प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिन्छ । सम्बन्धित शिक्षालय, विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा उत्कृष्ट आङ्गिक, सामुदायिक र निजी क्याम्पसलाई पुरस्कार प्रदान गरिएको हो ।

२०५० बैशाख २२ उदयपुरको जनप्रेमी माध्यामिक विद्यालय रिस्कुबाट निमाशि तहबाट अस्थायी नियुक्ति प्राप्तगरी शिक्षण पेशामा आवद्ध भए ।

एक वर्ष रिस्कुमा विताएपछि पुनः ०५१ बैशाख २० मा नारद आदर्श उच्च मावि बसाहामा सरुवा भइ आएका शिक्षक ओझा बसाहाबाट पनि ०५३ फागुन २९ मा बेल्टारकै ज्योति माविमा सरुवा भइ आएर आफ्नो शिक्षण पेशालाई निरन्तरता दिएँ ।

यसरी शिक्षण पेशामा रहँदारहँदै ०६२ फागुन २४ देखि ०७५ फागुन ३ गतेसम्म स्रोत व्यक्ति ९आरपी० को रुपा कार्यरत पनि रहे ।
शिक्षा क्षेत्रमा आफ्नो निरन्तर योगदान र लगावका कारण स्रोत व्यक्तिबाट ०७५ फागुन १९ देखि चौदण्डीगढि नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखामा शिक्षा विशेषज्ञको रुपमा कार्यरत रहे ।

यसरी शिक्षा विशेषज्ञको जिम्मेवारी पाएका शिक्षक ओझा ०७७ बैशाख २६ गतेदेखि ज्योति माविको प्रअको रुपमा नियुक्ति भए । उनले प्रअको जिम्मेवारी प्राप्त गरेर आएपछि यति बेला ज्योति माविको शैक्षिक गुणस्तर नै बढेको अभिभावकहरु बताउँछन् ।