Sunday, March 15News That Matters

उदयपुरका १५ घाइते मध्ये ६ जना विराटनगर रेफर

११ फागुन २०८२ । उदयपुर
मदन भण्डारी राजमार्गको कटारी -गाईघाट सडकखण्ड अन्तर्गत उदयपुरगढी गाउपालिका -७ अँधेरीमा आज भएको दुर्घटनाका १५ घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुङ्गे डिलक्स बस दुर्घटनामा घाइतेहरूमध्ये गम्भीर अवस्थाका उदयपुरगढी गाउँपालिकाकी ७३ वर्षीय सोममाया तामाङ, कटारी नगरपालिका -२ की ६० वर्षीय सोमाया परियार, ताप्ली गाउँपालिकाकी २८ वर्षीय मोनिका मगर, त्रियुगा नगरपालिका -७ की२१ वर्षीया रेसिका बस्नेत, सोही पालिका -५ की २० वर्षीया रेश्मा बस्नेतलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरू जिल्ला अस्पताल उदयपुरमा उपचारपछि घर फर्किएका छन् ।