उदयपुरकी एलजीना बनिन् कोशी सिंगिङ स्टार

पूर्णपुष्टि, ९ पुष
उदयपुरकी एलजीना राईले कोशी सिंगिङ स्टारको उपाधि जितेकी छिन् । एलजीनाले गायन तर्फको उपाधि चुमेकी हुन् । इटहरुमा भएको कोशी सिंगिङ एण्ड डान्स स्टारमा उनि गायन तर्फ पहिलो बन्न सफल भएकी हुन् । राईले उपाधी सहित नगद रु १ लाख र अन्य थुप्रै पुरस्कार र सुविधाहरु पाएकी छिन् । चौदण्डी नगरपालिका २ झोडापाटाकी एलजीना गायनमा सानै देखी अब्बल थिईन । एलजीना बुवा उत्तम राई र आमा अञ्जु राईको कोखबाट २०६७ भदौ ५ मा जन्मिएकी एक्लो छोरी हुन् ।

‘सनमुन मोशन पिक्चर्स ईटहरीले आयोजना गरेको प्रतियोगितामा उपाधी जितेकी राईले आयोजकको व्यवस्थापनमा निःशुल्क गीत रेकर्ड गर्न समेत अवसर प्राप्त गरेकी छन् ।

सो प्रतियोगिताबाट १ सय जना प्रतिस्पर्धीहरुलाई उछिन्दै विजेता बनेकी राई स्थानीय ज्योति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् ।

एलजीनाले आफ्नो बुबाले गुननाउँदै गरेको सिको गर्दै गीत संगीतमा रुची राख्दै गइन र गत वर्ष डिजिटल अडिसनमा आफ्नो कला ‘गीत’ गाएर अनलाईन मार्पmत नै पठाइन ‘हुने विरुवाको चिल्लो पात’ भने झै उनी (सेलेक्ट) भइन् ।

त्यसपछि उनको सांगीतिक यात्रा सुरु भएको उनी बताउँछिन् । यसरी डिजिटल अडिसनमा चुनिएपछि उनी बुबासँगै काठमाण्डौको धुम्वाराही स्थित ब्लाण्ड अडिसन, ब्याटल सडिसन सबै पार गर्दै गइन् ।

अन्तमा ७० ÷८० हजार प्रतिस्पर्धी परफोमेन्स र भोटिङ सिस्टमलाई भने उनले पार गर्न सकिनन् । उनी लाइफ अडिसनबाट उनी बाहिरिन पुगिन् ।

गायिका राईकी बुबा भन्छन्, ‘छोरीको रहरलाई खुम्च्याउन सकिएन, काठमाण्डौ लगे, कोहीसँग चिनाजानी थिएन, सबैसँग चिनजान भएको सबैसँग भोट मागिन्थ्यो होला नयाँनयाँ यस क्षेत्रमा भएकोले छोरीको पहिलो खुटकिलोलाई अनुभवको रुपमा लिएर फक्र्यौ । तर छोरीको प्रयास जारी छ ।’

त्यसपछि पुनः अर्को ¥यालिटी शो भ्वाइस अफ किट्स सिजन–२ मा भाग लिन पुगिन। त्यहाँ पनि लाइफ शोमा भोटिङ नपुगेर सफल हुन सकेनन् ।

तर पनि उनले हार मानेन् । असफलतानै सफलताको प्रतिक मानेर उनले पुनः आफ्नै जिल्ला गाईघाटमा सनमुन मोशन पिक्चर्सले आयोजना गरेको अडिसनमा भाग लिन पुगिन् त्यहाँ उनले २० जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै उनी सफल भइन् । त्यसपछि उनको सांगीतिक यात्राले फेरी नयाँ मोड लिन पुग्यो ।

विद्यालय तथा सामान्य कार्यक्रमहरुतिर गीत गाउँदै आएकी उनी सानैबाट आमा–बुबाको सामिप्यतामा हुर्किएकी हुन् ।

बुबाको प्रेरणाले यस क्षत्रमा लाग्न प्रेरित भएकी उनी बुबासँगै गीत गाउँन सिक्छिन्, किन भने उनको बुबापनि गीत संगीतमा सामान्य दखल राख्ने गर्दछन् ।

अहिलेसम्म कही कतै गायनसम्वन्धि क्लास लिएको छैन भन्छिन् उनी ।
आपूmलाई सपोर्ट गरेर यहाँसम्म आउन सफल भएकोमा उनले स्थानीय गायक शशिचन्द्र राई लगायतलाई धन्यवाद दिएकी छन् ।

उनी भन्छिन्, ‘सामान्यतया गीतहरु सुन्छु र आपैm रियाज गर्ने गर्छु अब पछि एसइइको परीक्षापछि भने संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छु ।’

सांगीतिक यात्राकी एक तारा १३ वर्षीया एलजीना राईलाई हाम्रोतर्पmबाट पनि अझ सफलताको कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0