Sunday, May 17News That Matters

सांसदमा उठ्याे उदयपुरकी किशाेरी हत्याकाण्डकाे कुरा, संघीय सांसद राइले गरे छिटाे अपराधी पत्ता लगाइ कडा कारवाहीकाे माग

पूर्णपुष्टि, साउन २८

माओवादी नेता तथा सांसद सुरेश कुमार राईले भर्खरै उदयपुरमा भएको बलत्कार पछि किशोरी हत्या अाशंकाकाे घटना बारे सांसदमा कुरा उठाउनुभएकाे छ ।

बलत्कार पछि हत्या भएको अाशंका गरिएकी १६ बर्षिय कृशला चौधरीको घटना बारे सांसद राईले संसदमा कुरा राख्दै अपराधी पत्ता लगाइ कडा कारवाहीका लागि सरकारलाइ निर्देश गर्न समामुख समक्ष अनुराेध गर्नुभयाे । राईले घटनामा संलग्नहरुलाई तत्काल खोजी गरी कार्वाहीको दायरामा ल्याउन पहल गर्न सरकारलाई आग्रह गर्नुभयाे । राईले मुलुकमा बलत्कार पछि निर्ममतापूर्वक हत्याको श्रृङखला नरोकिएको बताउँदै तत्कालै उदयपुरमा पनि यो घटनाले ठुलो रुप लिरहेको अवस्थामा घटनामा संलग्न कुनै पनि अपराधिहरुलाई कानुनको दायरामा ल्याउन सभामुख मार्फत सरकारलाई अनुरोध गर्नुभयाे ।

संसद बैठकमा राईले त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ बर्षिय कृशला चौधरीको बलत्कार पछि एसिड प्रहार गरी  छेदबिछेदकाे अवस्थामा शब फेला परेकाे घटना जघन्य अपराध भएकाे बताउनुभयाे । घटनाको अनुसन्धानमा सरकार गम्भिर भएर लाग्न र तत्काल दोषी पत्ता लगाई कानुनको दायरामा ल्याउन सरकारकाे ध्यानाकृष्ट गर्नुभयाे ।

गत साउन १३ गते घरबाट हराएकी किर्शलको शब घर नजिकैको जंगलमा एकहप्तापछि साउन १९ गते फेला परेको थियो । सखुवा रुखको फेदको खाल्डोमा सामान्यरुपले पुरिएको अवस्थामा शब फेला परेको थियो । जंगलको रातमाटे खोलाको भेलले सखुवाको फेदमा खाल्डो पारेको र त्यही शब लुकाउन सामान्य पुरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीकाे घटना बारे अनुसन्धान चलिरहेकाे बताए पनि अपराधी पक्राउ गर्न सकेकाे छैन । प्रहरीले सत्यतथ्य बाहिर ल्याउन ढिलाे गरेकाे र दाेषीलाइ पक्राउ नगरेकेा भन्दै सुरक्षा अालाेचना बढिरहेकाे अवस्थामा सांसद राइले संसदमा कुरा उठाउनुभएकाे हाे ।