Sunday, May 17News That Matters

उदयपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,१८७ जना पुग्यो

पूर्णपुष्टि, साउन २८

उदयपुरमा आज (बिहिबार) थप १९ जनामा कोरोना भाइरसको संक्रमाण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ११ पुरुष र ८ महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार १८७ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएको संक्रमितहरु त्रियुगा र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकाका रहेका छन् । त्रियुगामा २ पुरुष र १ महिला गरी ३ जना, कटारीमा ३ पुरुष र २ महिला गरी ५ जना, लिम्चुङबुङमा ३ पुरुष र २ महिला गरी ५ जना र उदयपुरगढीमा ३ पुरुष र ३ महिला गरी ६ जना संक्रमण देखिएको हो ।

कोरोनालाई जितेर थप ३५ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५४४ पुरुष र १ हजार ३२४ महिला गरी कुल संख्या २ हजार ८६८ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १४६ पुरुष र १२१ महिला गरी २६७ जना पुगेको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ पुरुष र १६ महिला गरी जम्मा ५२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।