
पूर्णपुष्टि, साउन २८
सुनसरी कोशी गाउँपालिका–४ खत्वे टोल का ५५ वर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी ज्यान गएको छ ।
आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै ज्यान गएको हो । घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाश पोष्ट मार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाएको प्रहरीले जनाएको छ ।
