
पूर्णपुष्टि सम्बाददाता, जेठ १२ ।
उदयपुरको कटारी नगरपालिका ४ बाट जबरजस्ती करणीयको आरोपमा चारजना पक्राउ परेका छन् । करणी आरोपमा २५ वर्षिय सुजन भन्ने राजकुमार तामाङ, २० वर्षिय नविन श्रेष्ठ, त्यतिनै उमेरका जीवन तामाङ र १९ वर्षिय एक किशोर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जेठ १० गते पक्राउ गरेको प्रहरीले उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उनीहरुले एक १४ वर्षिया नावालिकालाई जबरजस्ती सामुहिक करणीको आरोप लागेको छ । नावालिकाको परिवारले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएको जनाइएको छ । 
