
पूर्णपुष्टि, पुष १७ । उदयपुरको कटारी नगरपालिका–४ स्थितबाट आगुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कर्यालय बिराटनगरका अनुसार मंगलबार दिउँसो साढे २ बजे लागु–औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनिहरुको साथबाट ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।