
पूर्णपुष्टि, असार २२
उदयपुरको कोभिड अस्पताललाई १८ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । चौदण्डीगढी–६ सातधारे स्थित रहेको कोभिड अस्पताललाई सेफ द चिल्ड्रेन र बाल विकास समाज उदयपुरको सहयोगमा सोमबार अस्पतालका संयोजक तथा नगर प्रमुख खगेन्द्र राईलाई सामग्री हस्तान्तरण गरिएको हो ।
उक्त संस्थाले आईसियु बेड, हस्पिटल वेड, अक्सिजन कन्सर्ट्रेटोर्स, पेसन मोनिटोर, पल्स अक्सिमिटर, एन्टिजेन्ट कीट र इमर्जेन्सी ट्रली लगायत १८ लाख ६४ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण भएको नगर प्रमुख राईले बताउनुभयो ।
