
पूर्णपुष्टि, असार २२
सुनसरीमा १ सय ५० केजी गाँजा बोकेको गाडीसहित दुई जना युवा पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।
आज बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको का २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा, र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल बरामद भएको थियो । प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका दुई जनाको खोजी कार्य भईरहेको छ, भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सुनसरीले जनाएको छ ।

