
पूर्णपुष्टि, असार २२
कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो चरणको भेरोसल खोप आजबाट लगाउन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणको भेरोसेल खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।
सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार रहेको मन्त्रालयले जनाएको छ ।
भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।
