उदयपुरको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि, सबै कर्मचारीलाई विदाई

पूर्णपुष्टि, पुष २०
उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार नजिक सातधारेमा स्थापना भएको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बिदाई गरिएको छ । जिल्लाको एक मात्र ‘उदयपुर कोभिड–१९ अस्पताल’ पछिल्लो समय अस्पतालमा भर्ना भएका सबै बिरामी निको भएर डिस्चार्ज भइसकेको र नयाँ पनि भर्ना नभएपछि सबै स्वास्थ्यकर्मी तथा कार्यरत कर्मचारीहरुलाई एकैपटक बिदा गरिएको हो ।
कोरोना अस्पताल झण्डै वर्षदिनपछि पूर्ण रुपमा कोरोनाको बिरामीरहित भएको छ । आइतबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरी कोभिड महामारीको समय ज्यान जोखिममा पारेर बिरामीको सेवामा तल्लीन रहेका स्वास्थ्यकर्मीहरुलाई सम्मानसहित बिदाई गरिएको थियो ।
जिल्लामा कोरोना महामारीको संक्रमण बढेसँगै आठवटै पालिकाबाट आर्थिक संकलन गरी अस्पताल स्थापना गरिएको थियो । जसमा प्रदेश सरकारले समेत आर्थिक विनियोजना गरेको थियो । सुरुवाती चरणमा उदयपुरका संक्रमित बाहीरी जिल्ला लानुपर्ने समस्या देखिएपछि निर्माण थालिएको अस्पताल दोश्रो भेरीयन्ट सुरु भएलगतै सञ्चालनमा ल्याइएको थियो ।

अस्पातलको व्यवस्थापकीय जिम्मेवारी भने गृहनगर चौदण्डीले गर्दै आएको थियो । संक्रमण अवधिभर कुल ८० बेड क्षमताको अस्पातलका लागि १ चिकित्सक ५ स्टाफ नर्स, १–१ जना हेल्थ असिस्टेन्ट, सरसफाइ कर्मचारी र भान्सेसमेत खटाइएको थियो ।
अस्पतालमा भर्ना भएका तथा आप,तकालिन आउने बिरामी सहजताका लागि २५ वटा अक्सिजन सिलिन्डर राखिएको थियो । ८ अक्सिजन कन्सन्टेटर, ४ पोटेवल भेन्टिलेटरसहितको सेवा प्रदान गर्दै आएको कोभिड अस्पतालमा पछिल्लो समय उपचाररत बिरामी सबै निको भएर घर गएको नयाँ संक्रमित भर्ना नभएको धेरै समय बितिसकेकाले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई बिदाई गरिएको चौनपाका मेयर खगेन्द्र राईले बताउनुभयो ।
अस्पातल स्थापनाकालदेखि हालसम्म ५ सय ५१ जना संक्रमितको सफल उपचार भएको भएको थियो । अस्पताल स्रोतका अनुसार त्यहाँ मंसिर २६ गतेदेखि नै कोरोना संक्रमितहरु भर्ना हुन छाडेका छन् । संक्रमित संख्या शून्य भएपछि कर्मचारी बिदाई गर्नु परेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: