पूर्णपुष्टि, मंसिर ७
उदयपुरको क्षेत्र नं २ को प्रत्यक्ष तर्फका मत सबै मत परिणामहरु सार्वजानिक भैसकेको छ । यस क्षेत्रमा पहिले प्रतिनिधि सभा प्रत्यक्ष र दोस्रोमा प्रदेशसभा सदस्य प्रत्यक्षको मत गनिएको थियो । यस क्षेत्रमा भने अब समानुपातिक तर्फको मत मात्रै गन्न बाँकी रहेको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मंगलबार बेलुका नै मत परिणाम सार्वजानिक गरिएको थियो भने प्रदेशसभा प्रत्यक्ष तर्फ मंगलबार दिउँसो सम्म मत परिणाम सार्वजानिक गरिएको छ ।
क्षेत्र नं २ को प्रतिनिधिसभा तर्फ नेकपा एमालेका अम्वर बहादुर रायमाझी बिजयी बनेका छन् । उनले गठबन्धनका उम्मेदवार नेकपा एसका जगन्नाथ खतिवडालाई पराजित गर्दै बिजयी निकालेको हो । रायमाझीले १५५५१ मतका साथ बिजयी निकालेका थिए । यता खतिवडाले भने १२८९३ मत मात्र प्राप्त गरे ।
यसैगरी प्रदेश तर्फ भने दुवै गठबन्धनका उम्मेदवारहरु बिजयी बनेको छ । प्रदेश (क) तर्फ माओवादी केन्द्रका नारायण बुर्जा मगर र (ख) तर्फ नेपाली कांग्रेसका राम कुमार खत्री बिजयी बनेको हो । बुर्जाले नेकपा एमालेका देवराज राईलाई पराजित गर्दै जित निकालेका थिए भने खत्रीले एमालेकै जिवनाथ दाहाललाई हराएर जित निकाले थिए । मगरले ३५ मतले राईलाई पराजित गर्दै झिनो मतले जित हात पारेका थिए । उनले ८१०५ मत प्राप्त गर्दा एमालेका राईले ८७० मत मात्र प्राप्त गरे । यता कांग्रेसका खत्रीले १२७२७ मत प्राप्त गर्दा एमालेका दाहालले ९२३६ मत मात्रै पाएका थिए ।
