Monday, May 4News That Matters

उदयपुरको खैराझोरामा धारिलो हतियार सहित लुटपाट प्रयासमा संलग्न सबै पक्राउ, नाम सहित

पूर्णपुष्टि, ५ असोज ।

उदयपुरको मदन भण्डारी राजमार्ग अन्तर्गत खैराझोरामा धारिलो हतियार सहित लुटपाट गर्न खोज्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । बुधबार करिब ३ बजेको समयमा सार्वजानिक सडकमै ढुँगा राखेर सडक अबरोध गरी गालिगलोज र धारिलो हतियार छुरी समेत देखाएर लुट्न प्रयास गर्ने ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चौदण्डिगढी नगरपालिका १० हडिया बस्ने वर्ष २० को नारद वि.क. सोही ठाउँका बस्ने वर्ष १९ को अर्जुन पण्डित, वर्ष १९ को सेफकान्त चौधरी र सन्तोष दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । नारद वि.क र अर्जुन पण्डितलाई तत्कालै पक्राउ गरिएको र चौधरी र दनुवारलाई भने बिहिबार मात्रै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका नि.सुचना अधिकारी प्रहरी निरिक्षक रोशन थापा जानकारी दिए । पक्राउ परेको सबैलाई प्रहरीले अनुसन्धान गरिरहेको थापाले जनाए ।