Wednesday, April 29News That Matters

उदयपुरको चौदण्डीगढीमा पत्रकारिता तालिम तथा अभिमुखिकरण कार्यक्रम सुरु

पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा ४ दिने पत्रकारिता तालिम तथा अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । इनद्रावती सञ्चार प्रा.ली.को आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा ‘विकास पत्रकारिता तालिम तथा अभिमुखिकरण’ कार्यक्रम आइतबारदेखि सुरु गरिएको हो ।

नगर सभाहलमा सम्पन्न उद्घाटन समारोहमा चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्यता रहेको थियो। साथै, कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरू, पत्रकार महासंघका प्रतिनिधिहरू, तथा नगरका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम उद्घाटन गर्दै मेयर कालुमान लामाले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता तालिमहरूले पत्रकारहरूको सीप विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले विकास पत्रकारिता मार्फत जनस्तरसम्म सूचना पुर्‍याउने कार्य अझ प्रभावकारी बन्नुपर्ने आवश्यकता पनि औँल्याए ।

तालिममा समाचार लेखन, अनुसन्धान पत्रकारिता, फोटो पत्रकारिता, र विकास पत्रकारिता सम्बन्धी विभिन्न सत्रहरू समावेश गरिने आयोजक संस्था इन्दावती सञ्चारले जानकारी दिएको छ । कार्यक्रमले पत्रकारहरूलाई व्यावसायिक र नैतिक पत्रकारिता अभ्यास गर्न थप उत्प्रेरणा दिने अपेक्षा गरिएको छ ।