
पूर्णपुष्टि, बैशाख १९ । ७५३ स्थानीय तहमध्ये उदयपुरको चौदण्डीगडी नगरपालिका नगरसभा गर्दै आज निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेमा पहिलो बनेको छ ।
नगरका मेयर कालुमान लामाले आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार वर्षको रुपमा सम्बोधन गर्नुभयो । उहाँले जनताको अपेक्षा र आवश्यकतालाई मध्येनजर गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतलाई सम्बोध गरिएको बताउनुभयो ।
२१२ टोल विकास संस्थाहरुमा छलफलसहित ल्याएको नीति कार्यक्रम तथा बजेटले सबै टोल विकास संस्थाहरुमा योजना वितरण गर्ने भएको छ । कर्मचारी समायोजन, चालु खर्च घटाउने नीति अवलम्बन गरेको छ भने भुमि सम्बन्धीको विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले बताउनुभयो । नगर उपप्रमुख मणिकादेवी दुलालले हरेक टोल विकास संस्थासंग प्रकियागतरुपले छलफल गरि ल्याएको निति तथा बजेट प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।

