उदयपुरको जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगितामा (ए) डिभिजनतर्फ बल बहादुर कार्की, हिमाल श्रेष्ठ र (बी) डिभिजन तर्फ साजन राई र केनिस मगरको जोडी प्रथम

पूर्णपुष्टि, असोज १६
तिन दिनदेखि उदयपुरमा जारी जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिता शनिवार चुहाडेमा सम्पन्न भएको छ । चुहाडे स्थित भेटघाट कवर्डहलको आयोजनामा सम्पन्न जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिताकोे प्रथम पुरस्कार (ए) डिभिजनतर्फ बल बहादुर कार्की र हिमाल श्रेष्ठको जोडी (गाईघाट) र (बी) डिभिजनतर्फ साजन राई र केनिस मगरको जोडी (चौदण्डीगढी) प्रथम बनेका छन् ।

प्रतियोगितामा प्रथम हुन सफल (ए) डिभिजनतर्फ बल बहादुर कार्की, हिमाल श्रेष्ठको जोडी बायाँ र (बी) डिभिजन तर्फ साजन राई र केनिस मगरको जोडी बाँया ।

यस्तै प्रतियोगितामा (ए) डिभिजन तर्फ सन्तोस कटुवाल र बिनय चौधरीको जोडी (चौदण्डीगढी) र (बी) डिभिजनतर्फ जिवन बोगटी र नविना राईको जोडी (कटारी) दोस्रो भएका छन् । यता तेस्रो हुनेहरुमा (ए) डिभिजनतर्फ चित्र थापा र सरोज खवासको जोडी (गाईघाट) र (बी) डिभिजनतर्फ जयराम राई र अफताब आलमको जोडी (चौदण्डीगढी) रहेका छन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश ः २५ हजार, १५ हजार र ८ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा दोस्रो हुन सफल (ए) डिभिजनतर्फ सन्तोस कटुवाल र बिनय चौधरीको जोडी बायाँ र (बी) डिभिजनतर्फ जिवन बोगटी र नविना राईको जोडी दायाँ ।
प्रतियोगितामा तेस्रो हुन सफल (ए) डिभिजनतर्फ चित्र थापा र सरोज खवासको जोडी दायाँ र (बी) डिभिजनतर्फ जयराम राई र अफताब आलमको जोडी बाँया ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: