उदयपुर
पूर्णपुष्टि,माघ ६ । उदयपुरको ताप्लि गाउँपालिकामा जेसिवीले सडक खन्ने क्रममा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । गत बुधावार साँझ ताप्लि १ स्थित रुपाटार–ठानागाउँ सडकखण्डको माथिल्लो मादलेमा बा.२.क.३६३० नम्बरको जेसिवीले बाटो खन्ने क्रममा बाख्रा चराउन गएका स्थानीय १२ वर्षिय अविशेक राईको मृत्यु भएको हो ।

बाख्रा चराउँदै गरेका बालकलाई सडक माथिको ढुंगा झरेर लाग्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद फुँयालले बताए । घटना लगत्तै चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३३ बर्षिय शम्भु थापा फरार रहेकाले खोजी कार्य जारी राखीएको उनले बताए ।
घटनास्थलमा रहेको जेसिवी प्रहरीचौकी रुपाटारमा राखी थप अनुसन्धान भईरहेको उनले बताए । प्रहरीका अनुसार उक्त जेसिवी रौता कस्ट्रक्सनको नाममा रहेको छ ।
