Saturday, June 20News That Matters

उदयपुरमा त्रियुगाको मात्रै २० संक्रमित थपिए, संक्रमितको संख्या १६१७ पुग्यो

पूर्णपुष्टि, जेष्ठ २७

आज (विहिबार) उदयपुरमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाको छ । १४ महिला र ७ जना पुरुषमा आज संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय १७ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका संक्रमितहरु मध्ये २० जना त्रियुगा नगरपालिकाको र १ जना लिम्चुङबुङ गाउँपालिकाको हरेका छन् । त्रियुगाका १४ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको छ, भने लिम्चुङबुङको १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैनन्, अहिलेसम्म जिल्लामा मृतको संख्या ४६ रहेको छ । कोरोना जितेर थप ९१ जना निको भएसँगै जिल्लामा संक्रमण मुक्त हुँनेको संख्या २ सय ८ महिला र २ सय ८८ पुरुष गरी ४ सय ९६ पुगेको छ ।

त्रियुगामा २ सय ४४ महिला र २ सय ९१ पुरुष गरी ५ सय ३५ सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नगरमा ८३ महिला र १ सय २९ पुरुष गरी २ सय १२ जना कोरोना मुक्त भएका छन्, भने ७ महिला र १७ पुरुष गरी २४ जनाले ज्यान गुमाइसकेका छन् ।

कटारीमा ५१ महिला र ६६ पुरुष गरी १ सय १७ जना संक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म नगरमा  १४ महिला र २१ पुरुष गरी ३५ जना कोरोना मुक्त भएका छन्, भने २ महिला र २ पुरुष गरी ४ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, बेलकामा ६१ महिला र ६४ पुरुष गरी १ सय २५ संक्रिय संक्रमित रहेका छन् । नगरमा ३४ महिला र २९ पुरुष गरी ६३ जना कोरोना मुक्त भएको छन्, भने ४ पुरुषको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

चौदण्डीगढीमा ५८ महिला र ६५ पुरुष गरी १ सय २३ जना संक्रिय संक्रमित रहेका छन् । नगरमा ४७ महिला र ५७ पुरुष गरी १ सय ४ जनाले कोरोना जितेका छन्,भने ४ मलिा र ५ पुरुष गरी ९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

त्यसैगरी, रौतामाईमा २७ महिला र २९ पुरुष गरी ५६ जान संक्रिय संक्रमित रहेको छन् । पालिकामा ७ महिला र २९ पुरुष गरी ३६ संक्रमण मुक्त भएका छन्, भने १ पुरुषले कोरोनाबाट ज्यान गुमाएको छ । उदयपुरगढीमा १६ महिला र २८ पुरुष गरी ४४ जना संक्रिय संक्रमित रहेका छन् । पालिकामा ४ महिला र ५ पुरुष गरी ९ जनाले कोरोनालाई जितेका छन्, भने १ पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । लिम्चुङबुङमा ३१ महिला ३३ पुरुष गरी ६४ जना संक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म पालिकामा १८ महिलार १८ पुरुष कोरोना मुक्त भएका छन्, भने १ जना महिलाको ज्यान गएको छ । ताप्लीमा ४ महिला र ७ पुरुषमा गरी ११ जना संक्रिय संक्रमित रहेका छन् । पालिकामा अहिलेसम्म १ पुरुष कोरोना मुक्त भएको छ । ताप्लीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुँनेको संख्या शुन्य रहेको छ ।