Tuesday, March 18News That Matters

उदयपुरको थारु होम स्टे देशभरकै उत्कृष्ट ३ मा छनोट

पूर्णपुष्टि, ११ असोज ।
उदयपुरमा संञ्चालित थारु होम स्टे देशभरकै उत्कष्ट होम स्टेमा छनोट भएको छ । त्रियुगा नगरपालिका १३ वहेडुवामा रहेको बहेडुवा होम स्टे देशभर छानिएको तिन ओटा होम स्टे भित्र छनोट भएको हो । नेपाल पर्यटन बोर्ड, तारा गाउँ विकास समिति र गाउँ पर्यटन प्रवर्दन नेपालले बहेडुवा होम स्टे सहित अन्य दुई ओटा होम स्टेलाई उत्कृष्टताका प्रमाण पत्र प्रदान गरेको छ ।

होम स्टेका सल्लाहकार उत्तिमलाल चौधरीले देशैभरीका उत्कृष्ट ३ मा पर्न सफल भई बहेडुवा थारु होम स्टेले उत्कृष्टताको प्रमाण पत्र प्राप्त गरेको भन्दै खुसी ब्यक्त गरे । देशैभर रहेका होम स्टेहरु अनुगमन गर्ने क्रममा उदयपुर आएका पर्यटन बोर्डका सदस्य सिव लामिछानेको टिमले बहेडुवा होम स्टेको पनि अनुगमन गरेको चौधरीको भनाई छ । होम स्टेका अध्यक्ष भगवान सिंह चौधरीले मापदण्डको आधारमा बहेडुवा थारु होम स्टेलाई पनि उत्कृष्ट ३ भित्र छानेको जनाए । बोर्डको अनुगमन पछि बोर्डले तारा गाउँ विकास समितिलाई सिफारिस गरेको र तारा गाउँ विकास समितिले फेरी टुरिजम पप्रमोसन फोरमलाई सिफारीस गरी उत्कृष्ट तिनको छनोट प्रक्रियामा लगेका थिए ।

होम स्टेमा पौराणिक संस्कृति, थारु संस्कृति, संस्कृतिक हल, पर्यटकीय क्षेत्र, थारु परिकार, भेषभुषा र पर्यटकीय सम्वाभना आदि कुराहरुलाई ध्यानमा राखी उत्कृष्ट ३ भित्र छनोट गरेका थिए ।

होम स्टेका अध्यक्ष भगवान सिंह चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका मन्त्री सुदन किरातीले उत्कृष्टताको प्रमायण पत्र प्रदान गरेका थिए । उत्कृष्ट तिन होम स्टेलाई नयाँ गन्तव्यको रुपमा पनि घोषण गरिएको छ ।

https://wp.me/pbHTHl-iPC