Saturday, June 20News That Matters

उदयपुरको देउरी उत्राई टोलमा खुकुरीले हानेर चौधरीको हत्या

पूर्णपुष्टि, साउन ६

उदयपुरको त्रियुगा नगरपालिका ८ उत्राई टोलमा खुकुरी प्रहार बाट एक पुरुषको ज्यान गएको छ । ६५ बर्षिय महिकर चौधरीको खुकुरी प्रहार बाट घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामान्य विवादमै त्रियुगा नगरपालिका १३ पोर्ताहाका अन्दाजी ४५ बर्षिय मेमोरी भन्ने किसन सदाले खुकुरी प्रहार गर्दा चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

घटना बारे प्रहरीलाई जानकारी आए लगत्तै जिल्ला बाट खटिएको बिषेश टोलीले सदालाई पक्राउ गरी थप अनुसान्धान सुरु गरेको गौतमले बताउनुभयो ।