Sunday, May 17News That Matters

उदयपुरको नेपालटार जाने बाटो अधेरी झर्नामा रुख ढलेर किच्दा महिलाको ज्यान गयो, तीनजना घाइते

पूर्णपुष्टि, साउन २३

उदयपुरमा एकजना महिलाको रुखले किचेर ज्यान गएको छ । आज शनिबार दिउँसोको समयमा उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको  अधेरी झर्ना नजिकै मकिएको रुख ढलेर किच्दा महिलाको ज्यान गएको हो । मृत्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षीया निशा मगर दनुवार रहेकी छिन् । रुखले किचेर श्रीमान श्याम दनुवारसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा कटारी–४ बस्ने २७ वर्षीया  मिना दनुवार,सोही स्थानका ४० वर्षीय श्याम दनुवार र  कटारी–५ का ४८ वर्षीय कुमार तामाङ रहेका छन् ।

रोकी रहेको प्र.२–०१–००१ ह ०५६० नम्बरका अटो भित्र रहेकी ती महिलाको रुखले किचेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभयो । डिएसपी गौतमका अनुसार रुख लड्दा स १० प ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षती भएको पुगेको छ ।

रुख ढलेको आसपास अधेरी झर्नामा नुहाउनका लागि आज करिब २० देखी २५ जना मान्छेहरु भेला भएका थिए । नुहाउन गएका केही व्यक्तिहरुले भने घटना आसपासबाट भागेर ज्यान बचाएका थिए, भने तीनजना घाइते भएका छन् । उनीहरुको टाउको, हात, खुट्टामा चोट लागेकोे छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।