Saturday, May 2News That Matters

उदयपुरको फुलजोरमा स्कुर र मोटरसाईक एक आपसमा दुर्घटना, ४ जना घाईते

पुर्णपुष्टि,साउन ६ । मदन भन्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रिनपा १ फुलजोरमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर हुँदा ४ जना घाइते भएको छ । पुर्वबाट पश्चिम् तर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२०५१ प ३१६७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको स ७ प २८१५ नम्बरको स्कुर दुर्घटना हुँदा स्कुटर र मोटरसाइकलमा सवार ४ जना घाइते भएको हो ।

जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार दुर्घटनामा परि ५७ वार्षिए बद्री नारायण चौधरी, ४७ बर्षका बिकाश चौधरी र अर्का २१ बर्षका जोन राई र २० बर्षका बद्रीनाथ गौतम घाइते भएका हुन । दुर्घटनामा घाइते भएकालाइ एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका वरिष्ठ हवल्दार सागर दियालिले जानकारी दिनुभयो ।

दुर्घटना के कारण भएको हो भन्ने खुल्न नसकेपनी तीब्र गतिका कारण भएको हुनसक्ने प्रत्येक्षदर्शीलाई उदृत गर्दै हवल्दार दियालिले बताउनु भयो । घटना बारे थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।