Sunday, May 17News That Matters

उदयपुरको बेलकामा ब्राउन सुगरसहित ४ जना पक्राउ

पूर्णपुष्टि, साउन ३

उदयपुरको बेलका नगरपालिका–९ बाट लागुऔषध ब्राउन सुगरसहित चारजनालाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गए राती १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानिय ३६ वर्षीय दिनेश खड्का, बेलका नगरपालिका–२ का ३७ वर्षीय बिनोद परियार, बेलका नगरपालिका–७ का २८ वर्षीय मेजरमान राई र २९ वर्षीय बोगटी भनिने जीवन राईलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजना माथि थप अनुसरन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।