Saturday, June 20News That Matters

करेन्ट लागेर २ जनाको ज्यान गयो

पूर्णपुष्टि, साउन ३

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको ज्यान गएको  छ । बराहक्षेत्र नगरपालिका–२ का २९ वर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैगरी, ईटहरी–१७  का मनोज खत्रीको पनी करेन्ट लागेर ज्या गएको छ । शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका खत्रीलाई उपचारको लागी बिराट टिचिङ हस्पिटल बिराटनगर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे जयान गएको  हो ।

दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।