Saturday, June 20News That Matters

भरुवा बन्दुकसहित १ जना पक्राउ

पूर्णपुष्टि, साउन ३

पाँचथरमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । फिदिम नगरपालिका–९ लुम्फाबुङका ३० वर्षीय शुक्रराज राई भरुवा बन्दुकसहित पक्रउ परेको हो  ।

प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो लोड भएको १ थान भरुवा बन्दुकसहित राईलाई पक्राउ जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हतियारसहित पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।