
पूर्णपुष्टि, साउन ३
पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी चालकको ज्यान गएको छ । चालक म्याङलुङ नगरपालिका–१ का ४५ वर्षीय याम बहादुर लिम्बुको ज्यान गएको हो ।
कार्तिकेबाट तेह्रथुम तर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक लिम्बुको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
