Saturday, June 20News That Matters

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको ज्यान गयो

पूर्णपुष्टि, साउन ३

साउनको समयमा खेत जोत्ने क्रममा ट्याक्टर अचानक आफै अनियन्त्रीत भई पल्टिदा चालकको ज्यान गएको छ । चितवन भरतपुर महानगरपालिका–५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगरको ट्याक्टर पल्टिदा ज्यान गएको हो ।

सो स्थानका चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । ट्याक्टर पल्टिएपछि गम्भीर घाइते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।