
पूर्णपुष्टि, असार १७
उदयपुरको बेलकामा जङ्गली हात्तीको आक्रमणबाट एकजना युवाको ज्यान गएको छ । बेलका नगरपालिका वडा नं. २ रामनगरका ४० वर्षीय कमल यादवको हात्तीको आक्रमणबाट घटना स्थलमै ज्यान गएको हो ।
बुधबार साँढे १० बजेको समयमा हात्ती गाउँ बस्तिमा पस्दा धपाउने क्रममा यादवलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको १०.४५ बजे सुचना पाएलगत्तै प्रहरी चौकी भागलपुरबाट प्रहरी सहायक निरिक्षकको प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखिएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट प्रहरी निरिक्षक सहितको प्रहरी टोली खटिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
