
पूर्णपुष्टि, बैशाख २० । उदयपुरमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । त्रियुगा नगरपालिका–१३ भातीखर्कका जगत बहादुर राईको घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आज दिउँसो ११:२० बजेको समयमा अचानक आगलागी भएको थियो । आगलागीबाट राईको काठले बनेको टालिको छाना भएको २ तले घर सहित अन्नपात ,लत्ताकपडा भाँडा बर्तन जली अन्दाजी २ लाख बराबरको क्षति भएको डिएसपी चापागाईले बताए । आगलागीबाट मानवीय तथा चौपायमा क्षति नभएको र प्रहरी ,त्रियुगा न.पा.को दमकल, स्थानीय सहयोगमा आगो दिउँसो १२ बजे पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
