
पूर्णपुष्टि, पुष १६ । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा पहिलो पटक रौतामाई मिनि महोत्सव आयोजना हुने भएको छ । रौता स्पोर्टस क्लब (मुकुर्ची) को आयोजनामा आगामी पौष १९ देखि माघ ४ गते सम्म मुर्कुची बसपार्कमा मिनि महोत्सव हुने भएको छ ।
रौता स्पोर्टस क्लबका अध्यक्ष हरी आले मगरका अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन छ । महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । महोत्सवको तयारीस्वरूप मुर्कुची बजार विभिन्न ध्वजापताकाले सजिएको छ ।