
पूर्णपुष्टि, जेठ ७ । उदयपुरको रौतामाई गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. ७ बस्ने चन्द्रीका तामाङको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आईतबार बिहान घरनजिकै रहेको रुखमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर तामाङको मृत्यु भएको हो ।