
पूर्णपुष्टि, चैत ७ ।
उदयपुरको त्रियुगा नगरपालिका–८ उत्तराइटोल स्थित सरस्वती खोलामा आइतबार पुलको शिलन्यास गरिएकोे छ । स्थानीहरुले सरस्वती खोलामा पुल नहुदा विगत लामो समयदेखी खेप्दैँ आएको सास्तीलाई समाधान गर्नका निम्ति पुलको शिलन्या गरिएको हो ।
तत्काल १ करोड बजेट रहेको पुलको शिलन्यास नगरपालिकाका मेयर बलदेव चौधरी र उप मेयर देवि कुमारी चौधरीले गर्नुभएको छ ।
मेयर चौधरीले अगामी वर्षनै पुल बन्ने पक्का भएपनि कोरोनाको कारणले काम गर्न नसक्दा पुल निमार्णमा ढिलाई भएको उहाँले बताउनुभयो । प्रदेश सरकारबाट ७० लाख र बाँकी त्रियुगा नगरपालिकाले बेर्होने गरी पुल निमार्ण हुने मेयर चौधरीले बताउनुभयो । उहाँले उत्तराईटोल देउरी र जलजले जोड्ने त्रियुगा नदीमा पनि मोटरेवल पुलको लागी प्रस्ताव अगाडी बढाईसकेको बताउनुभयो ।
यस्तै, उपमेयर चौधरीले ढिलै भएपनि यहाँको स्थानीयसंग गरेको बाचा अब पुराहुने विश्वास दिलाउनुभयो । यहाँ पुलको मात्र समस्या नभई नदी नियन्त्रण, बाटो, खेलमैदान र खेतियोग्य जमिनमा सिचाईलाई व्यवस्थित गर्न लागी परेको उपमेयर चौधरीले बताउनुभयो ।
२ कारोड ४७ लाखमा अनसुन र अनसुवी जेवी चन्द्रागरि काठमाण्डौले ठेक्का लिएको निमार्ण कम्पनीका प्रबन्धक विजय कुमार यादवले बताउनुभयो ।
पुल बन्नेभएपछी वर्षौ देखीको समस्या हट्ने स्थानीय समाजसेवी रामवती चौधरीले बताउनुभयो । लामो समयदेखीको संघर्ष र निरन्तर प्रयासले पुल बन्न लागेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
