Tuesday, June 23News That Matters

उदयपुरको सातपत्रेमा आगलागी, १२ लाख क्षति

पूर्णपुष्टि, चैत २६

उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा आज (बिहिबार) आगलागी भएको छ । आगलागीबाट करिब १२ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।

स्थानीय अमर बहादुर बिष्टको घरमा अचानक आगलागी हुँदा काठ र जस्ताको छानो भएको घर जलेर नष्ट भएको छ । आगलागीबाट बिष्टको घर भित्र रहेका लताकपडा, चामल, मकै, अन्नपात र फुसको छानो भएको गोठ समेत पूर्णरुपमा जलेर नष्ट हुँदा करिब १२ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागीकोे खबर पाउन साथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोलि खटी गई स्थानिय बासि,नेपाल प्रहरीको सहयोगमा ०९ः४५ मा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै पनि मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।