Tuesday, June 23News That Matters

चार मन्त्रीको सांसद पद खोसियो

पूर्णपुष्टि,चैत २६

नेकपा माओवादी केन्द्रले नेकपा एमालेको केन्द्रीय सदस्य पद स्वीकार गरेको भन्दै चार जना मन्त्रीलाई सांसद पदबाट हटाएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पदबाट हटाईएको हो ।

चार सांसदलाई पार्टीबाट हटाइएको जानकारी प्राप्त भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद बैठकमा नाम पढेर सुनाएका हुन् ।

सभामुख सापकोटाले माओवादी केन्द्रबाट चार सांसद रिक्त रहेको जानकारी आज संसद बैठकमा सुनाएको छ ।