
पूर्णपुष्टि,चैत २७
ईटहरीका बिभिन्न स्थानमा श्रृङखलावद्ध रुपमा चोरी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–१२ घर भई मोरङको केरावारी गाउँपालिका– ९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको हो ।
विगत केही महिना देखि ईटहरीको विभिन्न स्थानहरुबाट दिन–दहाडै चोरी भएपछि स्थानीयहरुले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि खोजतलासमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुमा रहेको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान थालेको थियो ।
प्रहरीले चोरीमा संग्लग्न रहेका मोतेलाई ईटहरीबाट पक्राउ गरेको थियो । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
