
पूर्णपुष्टि, वैशाख १३ गते ।
उदयपुरको जिल्ला समन्वय समितिमा मंगलवार बालबालिकाहरुको नितिगत ब्यवस्था, कार्यक्रम र उपलब्धी बारे समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बाल संरक्षणका लागि ऐक्यवद्धता परियोजना अन्र्तग १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा सञ्चालित कार्याक्रमको समिक्षा जिल्लामा पनि सम्पन्न भएको छ ।
सुशासनका हिमायती (जी क्यू) संस्थाका अध्यक्ष भरत खड्काले नितिगत व्यवस्था र उपलब्धी बारे प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रदेश स्थरमा रहेका १ सय ३५ वटा विद्यालय तथा बालक्लबमा पुस्तकालय र बालभित्ते पत्रिकालाई निरन्तरता दिने खड्काले बताउनुभयो । प्रतिवेदनका अनुसार यस कार्यक्रम अन्तर्गत स्थानीय तहको बालबालिका सम्बन्धी नमुना कार्यविधी निमार्ण गरिएको छ भने बालबालिकाको क्षमता अभिवृद्धी तालिम पनि सञ्चालन गरिएको छ । १ नम्बर प्रदेशमा भएमका १ सय ३७ वटा पालिकामै बालबालिका सम्बन्धी कार्यमको विषयमा छलफल गरिएको छ । कोरोनाको समयमा पनि साझेदार संस्थाहरुको सहयोगमा र्भजुवल विधि मार्फत वकृत्व कला सञ्चालन गरिएको थियो ।
प्र्रदेश १ का १४ ओटै जिल्लामा संञ्चालित यस कार्यक्रमलाई सम्पन्न गरी केन्द्रीय स्थरमा समेत तत्काल संञ्चालन गरिने संस्थाका अध्यक्ष खड्काले बताउनुभयो ।
कार्यक्रममा सहायोग किण्डरमिसनरेक जर्मनी, मुख्य साझेदार मानव अधिकार मञ्च नेपाल इलाम, सहकार्य कन्सेर्टियम–नेपाल र प्रस्तुतकर्ता साझेदार संस्था सुशासनका हिमायती उदयपुरको हरेको थियो । कार्यक्रममा जिल्ला सम्न्वयन समिति ,गैरसरकारी संस्था जिल्ला शाखा उदयपुर, संगम पुस्ताकालय, शिक्षा सरोकार मञ्च, बाल संगठन, नगर बाल सञ्जाल, बाल क्लब, बाल कल्याण अधिकार, नेस्पेक तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

