Sunday, June 28News That Matters

उदयपुरको हडियामा आगलागी, १० लाख बराबरको क्षती

पूर्णपुष्टि, पुष ३

उदयपुरको चौदण्डीगढी–९ हडीयामा आगलागी हुँदा १० लाख बराबरको क्षती भएको छ । हडियाको मुसहर्नीया स्थित स्थानीय हरिबहादुर बस्नेतको टिनको छानो भएको घर र गोठमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको हो ।

मानवीय क्षति नभए पनि सो आगलागीबाट ४ वटा खसी र बाख्रा, ५० मुरी धानसंगै अन्य लत्ताकपडा भाडावर्तनसहित सम्पत्ति जलेर नष्ट भएको प्रहरी चौकी हडियाले जनाएको छ ।

प्रहरीकाअनुसार आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । चौदण्डीगढी र त्रियुगा नगरपालिकाको वारुणयन्त्रले पछि आगोलाई नियन्त्रणमा लिएको स्थानीयहरुको भनाई रहेको छ ।