उदयपुरको हडियामा मन्त्री हिमाल कार्कीद्धारा विद्यालय भवन उद्घाटन सँगै शिलान्यास

पूर्णपुष्टि, पुष २०
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ को हडियामा नवनिर्मित जनता नमुना माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । सोमबार करिब ७४ लाख ३६ हजार लागतमा निर्मित ६ कोठे भवनको एक कार्यक्रमका बिच प्रदेश १ का भौतिक पुर्वाधार बिकास मन्त्री हिमाल कार्कीद्धारा शिलान्यास गरिएको हो । कार्कीले अर्को एक भवनको समेत उद्घाटन गर्नुभएको छ ।

नमुना विद्यालय कार्यक्रम अन्तर्गत आउने बजेट मार्फत उक्त विद्यालयमा अहिले सम्म तीन वटा भवन निर्माण भई सकेका छन । कक्षा १ देखी १० सम्म अंग्रेजी माध्यमबाट समेत अध्ययन हुने जनता नमुना माविमा हाल ९ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन ।

पञ्चबर्षे योजना अन्तर्गतको नमुना विद्यालय कार्यक्रम मार्फत हरेक वर्ष भौतिक तर्फ बजेट प्राप्त हुने नमुना मावि हडियाले जनाएको छ ।
नमुना विद्यालय कार्यक्रम अन्तर्गत प्राप्त रकमबाट विद्यालयले कम्प्युटर ल्याव, स्मार्ट टिचिङको व्यवस्था, सबै शिक्षकहरुलाई ल्याप्टपको व्यवस्था गरेको छ ।
शैक्षिक तथा भौतिक पूर्वधारमा गुणात्मक फड्को मारेको जनता माध्यमिक विद्यालयको नवनिर्मित भवनको शिलान्यास गर्दै मन्त्री कार्कीले हडिया ज्यामिरे जोड्ने सडक खण्ड अन्तर्गतको त्रियुगा नदीमा पक्की पुल र गाईघाट फत्तेपुर सडक कालो पत्रे गर्ने तर्फ प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: