
पूर्णपुष्टि, जेठ २० गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया खोलामा आएको बाढीले सुमोसहित बगाएका यात्रीहरुको उद्धार गरिएको छ । आज (आज) शुक्रवार विहान शिवाईबाट काठमाडौं जाँदै गरेको ना १ ज ८१०६ नं. को सुमोमा सवार एक जना नाबालकसहित चार जना यात्रुलाई उद्धार गरिएको हो ।
प्रत्यक्षदर्शी स्थानीय चन्द्रलाल गिरीका अनुसार बालुवामा गाडी फस्यो र फसेको गाडीलाई निकाल्ने क्रममा अचानक खोलामा बाढी आएपछि सुमो बगाएको हो ।
करिब १ सय मिटर तलसम्म बगाएको सुमो स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
गाडी रिजर्वमा काठमाण्डौं जादैँ गरेको थियो । सो क्षेत्रका बाटोहरु पक्की बनाइपनि खोलाहरुमा पुल नभएकोले वर्षेनी हडियाका स्थानीयले बेल्टार तथा गाईघाट आवत–जावतमा निकै सास्ति खेप्दै आएको स्थानीयहरुको गुनासो रहेको छ । चुनावका बेला दलहरुको ठूलोठूलो विकासे भाषणहरुमात्र हुने, तर जनताको समस्याको सममाधान भने कहिले नभएको स्थानीयको भनाई रहेको छ ।
