Wednesday, June 10News That Matters

उदयपुरको १२ औँ राष्ट्रपति रनिङ शिल्डमा त्रियुगा नगरपालिका पहिलो

पूर्णपुष्टि, फागुन २९ । गाईघाटमा आईतबार सम्पन्न १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिभिन्न बिद्याको सबै भन्दा बढी पदक हात पार्दै त्रियुगा नगरपालिका पहिलो बनेको छ । २६ गते देखी सुरु भएको प्रतियोगितामा त्रियुगा नगरपालिकाले सबै भन्दा बढी ५६ ओटा पदक हात पारेका थिए ।

जिल्ला खेलकुद विकास समिति उदयपुरका अनुसार त्रियुगाले २९ ओटा गोल्ड, ११ ओटा सिल्भर र १६ ओटा ब्राउन प्राप्त गरेर पहिलो स्थान हाँसिल गरेको छ । जसमा गोल्ड पाउनेमा १८ छात्र र ११ छात्रा रहेकी छिन् । यस्तै १९ ओटा गोल्ड, १८ ओटा सिल्भर र ९ ओटा ब्राउन प्राप्त गर्दै कटारी नगरपालिका प्रतियोगिताको दोस्रो बन्न सफल भएको छ । यहाँ गोल्ड पाउने छात्र ६ र छात्रा १३ रहेको छ । यता चौदण्डीगढी प्रतियोगिताको तेस्रो बनेको छ । यस नगरपालिकाले सिल्भर २ र ब्राउन ९ ओटा मात्रै प्राप्त गरे ।

गोल्ड भने प्राप्त गर्न सकेन । अन्य पालिका सन्दर्भमा उदयपुरगढीले ४ ओटा सिल्भर र ५ ओटा ब्राउन प्राप्त गरे भने लिम्चुङबुङ गाउँपालिकाले भने सिल्भर २ र ब्राउन ४ ओटा प्राप्त गरे । ताप्लीले भने २ ओटा सिल्भर मात्रै प्राप्त गरे । सबैखाले पदक गुमाउँदै रौतामाई गाउँपालिका प्रतियोगितामा सुन्य बने । यस पालिकाले गोल्ड सिल्भर र ब्राउन केहि पनि मेडलहरु पाउन सकेन । मेडल गुमाए सँगै यो पालिका पदक बिहिन अवस्थामा रह्यो ।