उदयपुरको ७ जना भन्दा बढी ज्यान लिसकेको कोशी टप्पु आरक्षको मुकुना हात्ति मृत फेला

पूर्णपुष्टि, असोज १७
आज सम्म उदयपुर र सुनसरी लगायतका २० जना भन्दा बढी मान्छेको ज्यान लिसकेको मकुना नामक हात्ति मृत फेला परेको छ । उदयपुरको मात्रै ७ जना भन्दा बढी मान्छे मारिसकेको मकुना विद्युतिय धरापमा परी मरेको जनाएको छ ।उक्त हात्तीले गत वर्षको पुसदेखि आरक्षको मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर धेरै व्यक्तिको ज्यान लिएको छ । बस्तीमा पसेर विध्वंस मच्चाउन थालेपछि आरक्षले गत पुसदेखि रातभरि मकुनाको रेखदेख गर्दै आएको थियो । बस्तीमा नपसोस् भनेर रातभरि ट्याक्टरमा नेपाली सेना र प्राविधिकले गस्ती गर्दै आएका थिए ।

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मकुना धरापमा परेर मरेको आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जनाए ।
रामका अनुसार शनिबार राति १ बजेसम्म उक्त हात्ती आरक्ष आसपासमै थियो । राति धेरै समय नदेखिएपछि खानतलासी गर्दा खेतमा लडेको अवस्थामा भेटिएको उनले जानकारी दिए । घटनाबारे विस्तृत अध्ययन भइरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: