उदयपुरको ८ वटै पालिकामा प्रहरीद्धारा सुझाव पेटिका स्थापना

पूर्णपुष्टि, मंसिर २८
उदयपुरको आठ वटै पालिकाहरुमा सुझाव पेटिका स्थापना गरिएको छ । प्रहरीले गरेको कामकारबाही नागरिकलाई चित्त बुझ्दो भए नभएको बुझ्नका लागि जिल्लाका ७५ वटा वडामा सुझाव पेटिका स्थापना गरिएको हो ।
अबदेखि प्रहरी सम्बन्धि कुनै गुनासो सुझावहरु छन् भने सुझाव पेटिकामा सहजै राख्न या दिन सकियोस भनि नागरिकलाई सो सुविधा उपलब्ध गराएको हो ।
सुझावमा प्रहरी कर्मचारीहरुको कामकारबाहीको विषयमा व्यक्तिगत तथा संस्थागत गुनासा तथा सुझावहरु सो सुझाव पेटिकामार्फ राख्न सकिने प्रहरीले जनाएको छ ।

‘प्रहरी कार्य सम्बन्धि सुझाव तथा गुनासो पेटिका’ सँगै प्रहरी कार्यालयहरुले समय समयमा स्थान विशेषमा गई नागरिक सार्वजानिक सुनाई समेत गरिने छ ।
सो कार्यक्रमलाई सहजताकासाथ सम्पन्न गर्न एवं स्थानीय तवरबाट सर्वसाधारणहरुलाई प्रहरीको काम कारबाहीहरुप्रति आ–आफ्नो ठाउँबाट लिखित रुपमा आफूलाई लागेको भनाईहरु सजिलै राख्न सकिने उदेश्यले सो व्यवस्थाको सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: